बङ्गुरका पाठापाठी बिक्री भएन
तेह्रथुम । तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । ती क्षेत्रका विभिन्न जनजाति समुदायले घर खर्च टार्न बङ्गुर पालन र बिक्री गर्दै आएका छन् । कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बङ्गुरका पाठापाठी बिक्री गर्दै आएका किसानले छ महिनादेखि बङ्गुरका पाठापाठी नै बिक्री हुन छाडेको छ । छथर गाउँपालिका–५ की चन्द्रकला विश्वकर्माले भने “घरमा अहिले एक दर्जनभन्दा बढी बङ्गुरका पाठापाठी छन् । ती बिक्री नहुँदा घर चलाउन मुस्किल परेको छ । पाठापाठी बिक्रीबाटै घर खर्चको जोहो हुन्थ्यो । ” गाउँबाट पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पु¥याउँदा पनि बिक्री नभएको उनको भनाइ छ । बङ्गुरको पाठापाठी बिक्रीबाट मात्रै उहाँले एक सिजनमा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको थियो । “यसपालि एउटा थप पढ्नुहोस् ...

