चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता, के-के भयो कुराकानी ?
काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गरेको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन । यस फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्धिपक्षीय सम्बन्ध, दुई देशबीचको द्धिपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुका विषयमा पनि उनीहरुबिच कुराकानी भएको बताइएको छ ।चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबिच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । सोही उच्चस्तरीय वार्ताको पूर्व थप पढ्नुहोस् ...


