झापामा ४० महिलालाई कपडाको झोला बनाउन तालिम
काठमाडौँ । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले एक महिने तालिम सञ्चालन गरेको थियो । प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको रु १० लाखको बजेटमा सो कार्यक्रम गत माघ १३ गतेदेखि यही फागुन १५ गतेसम्म सञ्चालन गरिएको सो कार्यालयका प्रमुख जयनारायण अधिकारीले जानकारी दिए । उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनको निम्ति तालिम प्रदान गरिएको बताए । थप पढ्नुहोस् ...

