प्रिती राईले कम उमेरका कारण गुमाइन् आईलिग
काठमाडौं । होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन् । डेब्यू खेलमै प्रितीले गोल पनि गरिन् । जुन गोल दर्शनीय रहेको थियो । प्रितीसँगै सविता राना मगरले समेत डेब्यू खेलमै गोल गरिन् । दुई खेलाडीको अग्रपंक्तिमा सुन्दर खेलसँगै नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको थियो । यसपछि नेपालले एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गर्यो । सो प्रतियोगितामा समेत प्रितीले उत्कृष्ट प्रदर्शन गरिन् । उमेरले प्रिती राई मंसिरमा १७ वर्षको पुग्नेछिन् । उमेर समूहको साफ च्याम्पियनसिपमा नेपालको यू–१५ राष्ट्रिय टोलीको कप्तानी गरेकी प्रितीले एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेलमा समेत राम्रो प्रदर्शन दिइन् । जसका कारण प्रितीलाई विभागीय टोली एपीएफ क्लबले अनुबन्धन थप पढ्नुहोस् ...


