खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन
काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोहोर उत्पादन गर्छ । त्यो फोहोरमा प्लास्टिकको मात्रा १२ प्रतिशत बराबर रहन्छ । काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक एक हजार १४० मेट्रिक टन बराबरको फोहोर उत्पादन हुन्छ । त्यो फोहोर कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सधैँको रडाको हुने गरेको छ । फोहोर विसर्जन गर्ने स्थानमा काठमाडौँ महानगरपालिकाले जबर्जस्ती गरेको गुनासो छँदैछ । फोहोर व्यवस्थापन नहुँदा काठमाडौँको सडक दुर्गन्ध हुने गरेको छ भने फोहोर व्यवस्थापनकै लागि करोडौँ रुपैयाँ खर्च पनि थप पढ्नुहोस् ...