प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन् । राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन् । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...




