प्रदेश २ सरकारको बदनियतले गरिब दलित आवासविहिन
काठमाडौँ । प्रदेश २ को सरकारले संघीय सरकारको करोडौं बजेट फ्रीज गराउँदा यस प्रदेशका हजारौं गरिब, विपन्न तथा दलित परिवार आवासविहिन भएर बस्न बाध्य भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले सामाजिक संजालमार्फत जनता आवास कार्यक्रमबारे जानकारी दिदै प्रदेश सरकार उक्त कार्यक्रमबारे उदासीन भएको आरोप लगाएका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले संघीय सरकारबाट बर्षेनी प्रदेश नं २ लाई प्राप्त अर्व भन्दा बढी बजेट रकम प्रदेश सरकारको बदनियतपूर्ण रवैयाका कारण फ्रिज हुने गरेको उल्लेख गरेका छन् । नेता साहले गरिब दलितका लागि प्रदेश सरकारले आफैले केही नगर्ने र संघले गर्न खोज्दा बदनियतपूर्वक रोकेको आरोप लगाएका छन् । जुनसुकै विषयमा पनि आफ्नो कमीकमजोरी एवं अकर्मण्यता ढाकछोप गर्न सधैं संघीय सरकार माथि दोषारोपण थप पढ्नुहोस् ...





