मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउन कांग्रेसले अग्रसरता लिन्छ : गृहमन्त्री
वीरगन्ज । गृहमन्त्री बालकृष्ण खाँडले मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउनका लागि कांग्रेसले अग्रसरता लिने बताएका छन । बाराको सिम्रौनगढमा सोमबार कांग्रेसका पुरा नेता स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले यस्तो बताएका हुन । उनले भने,'मधेसको विकास भए मात्र देशको विकास हुन्छ, मधेस समृद्ध भए मात्र देश समृद्ध हुन्छ , त्यसैले मधेस र पहाडलाई फुटाउने होइन मधेस र पहाडलाई जुटाउने काम गर्नुपर्छ ।' मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै गृहमन्त्री खाडले नागरिकताको समस्या छिटटै सामधान हुने बताए । उनले भने, 'नेपालमा जन्मिएका , यहि जन्मिएर हुर्किएकालाई नागरिकताबाट बञ्चित गरिनु हुन्न , उनीहरुलाई नेपाली नागरिकता दिनुपर्छ ।' उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

