नेता ज्ञवालीले भने – ‘विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज भएन’
काठमाडौँ । नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन । प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौंमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानीमा निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताएका हुन । यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई नेपाली च्यानलको प्रधानमन्त्रीले उद्घाटन गरेको थियो र तर उक्त च्यानलले नेपालमा अनुमति नलिएको भन्दै बिरोध सुरु भएको छ । त्यस्तै ज्ञवालीले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताए । उनले हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन हुने पनि धारणा राखे । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उज्यालो नेटवर्कका अन्य समाचार पनि थप पढ्नुहोस् ...

