अठार प्रहरी घाइते २३ प्रदर्शनकारी नियन्त्रणमा
सुर्खेत । एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन् । उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन् । निषेधाज्ञा उल्लङ्घन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा प्रहरी निरीक्षकसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट नगर प्रहरीप्रमुख लालबहादुर सुनार पनि घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने बाँकी नौ सामान्य घाइते छन् । दुई सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनीका कारण वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी थप पढ्नुहोस् ...