सकियो ‘काख्रे’ को प्रदर्शन, तामाङ चलचित्रमा नयाँ धार विकास गरेको प्रतिकृया
काठमाडौँ । तामाङ भाषाको चलचित्र 'काख्रे' को विशेष प्रदर्शन गरिएको छ । शनिबार राष्ट्रिय नाचघर जमलमा ‘काख्रे’को प्रदर्शन गरिएको हो । कार्यक्रममा पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यता, तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको विशिष्ट आतिथ्यता रहेको थियो । पूर्व सांसद बहादुर सिं तामाङले सम्बोधन गर्दै तामाङ चलचित्रको इतिहासमा आजबाट काख्रेको उदय भएको बताए । उनले काख्रे टिमलाई सफलताको शुभकामना व्यक्त गरे । त्यसैगरी तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले काख्रे चलचित्र हेरिसकेपछी राम्रो नराम्रो प्रतिकृया दिन आग्रह गरे । उनले आफु दर्शकको कलाकार भएको र माया गर्नेमा विश्वास्त रहेको बताए । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको थप पढ्नुहोस् ...

