कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैन : प्रचण्ड (बैसाख ५ को पत्रकार सम्मेलनमा व्यक्त विचार)
काठमाडौँ । देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बिचबिचमा विभिन्न व्यक्ति र समुहहरुले र आम जनताले पनि निर्वाचन के हुन्छ भनेर पनि विभिन्न आशंकाको रुपमा हेर्ने गरिएको छ । म चाहिँ बडो पक्षसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन । निर्वाचन बैसाख ३० गते नै हुन्छ । म गठबन्धनको बैठकबाट नै यहाँ उठेर आएको छु र गठबन्धन पुरै इमान्दारीताको साथ निर्वाचनको तयारीमा जुटिरहेको छ । त्यसकारण निर्वाचन कहिँकतै सर्ने सम्भावना वा गुन्जायस देखिएको छैन । तर नेपालमा र हामी नेपालीमा के बिडम्बना देखिन्छ भने निर्वाचन हुने दिन विहान पनि थप पढ्नुहोस् ...


