गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य छैन : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य नभएको बताएका छन । गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका बुधबार आयोजित माल्यार्पण कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारलाई नियन्त्रण गर्ने र सरकार भन्दा माथि जस्तो देखिने समितिको कुनै औचित्य र आवश्यकता नरहेको बताएका हुन । उनले अहिले सरकारमा सत्ता गठबन्धनका दलहरु सहभागी भएपनि राज्यसत्ता सरकारले चलाउने उल्लेख गरे । त्यस्तै उहाले न्यायलयमा देखिएको गतिरोधका कारण सर्वसाधारणहरु मर्कामा परेको भन्दै गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए । नेता सिंहले बर्तमान परिस्थीतिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको भन्दै संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राखे । उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने पनि बताए । नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदानको चचाए गरेको थप पढ्नुहोस् ...


