प्रकाशमान सिंह

कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन गर्नुपर्छ :नेता सिंह

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए । “विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा असर प¥यो”, उनले भने । पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने बताए । “कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाउँ, कांग्रेस जिताउ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्छ”, उनले भने । स्थानीयवासीसँग भिजेको व्यक्तिलाई टिकट दिँदा निर्वाचन सजिलै जित्न सकिने उनको भनाइ थिए । महासङ्घका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ चैत्र २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार