कालिगड पेसाको संरक्षण गर्दै पौवादुङमा
भोजपुर । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि पौवादुङमा गाउँपालिकाले कालिगड पेसाको संरक्षण थालेको छ । आवश्यक औजाररउपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेको कालिगड पेसा सङ्कटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो । दिनानुदिन पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि कालिगड पेसा गर्दै आएकालाई आवश्यक सामग्री सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । पालिका लोपोन्मुख पेसाको संरक्षणमा जुटेको उनको भनाइ थियो । “पछिल्लो समय शिक्षा तथा रोजगारीका सिलसिलामा कालिगड पलायन हुँदै गएका छन्”, अध्यक्ष राईले भन्नुभयो, “अहिले गाउँघरमा व्यावसायिकरूपमा यो पेसा गर्ने मान्छे पाउनै मुस्किल छ । औजार उपकरण बाहिरी बजारबाट किनेर ल्याउनुपर्ने अवस्था छ । यो पेसारव्यवसायमा लागेकाहरूको तथ्याङ्क सङ्कलन गरेर पालिकाले आवश्यक सहयोग गरिरहेको छ ।” थप पढ्नुहोस् ...





