पोखरा महानगरले वितरण गर्यो सुकुम्बासी बस्तीमा सेतो पुर्जा
कास्की । पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिए । अनपढ उनलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाए । काठमाडौंमा श्रीमान्सँगै ज्याला मजदुरी गरेर बस्ने उनको जीवनमा विसं २०६७ मा बज्रपात प¥यो । श्रीमान्को मिर्गौला देखिएको खराबीका कारण मृत्यु भयो । त्यसपछि विसं २०६८ मा पोखरा आएर पोखरा–७ को सुकुम्बासी बस्तीमा भुजामती बस्न थालिन् । आफू बसेको जमिन आफ्नो होइन भन्ने उनलाई राम्रोसँग थाहा थियो । “थाहा पाएरै पनि यहाँ आएर बकेको हुँ मेरो जग्गा पनि होइन”, भुजामतले भनिन्, “चुनावका बेला नेताहरू आएर जग्गा तपाईँकै नाममा बनाइदिन्छौँ त भन्थे ।” आफ्नै नामको जग्गा हुने आशामा उनले २०७०, २०७४ र २०७९ को चुनावमा सक्रियता थप पढ्नुहोस् ...



