रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी
काठमाडौँ । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्र्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए । उनले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भने, “यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो ।” रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन संकटमाथि वित्तीय प्रतिबन्धअन्तर्गत यस्तो तेल निर्यात गर्न असम्भब छ । यी प्रतिबन्धलाई उनले विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भनेका छन । उनले भने, “आज बिहानसम्म तेलको थप पढ्नुहोस् ...

