पृथ्वी राजमार्ग

तरकारी बोकेको मिनी ट्रक दुर्घटनाहुँदा दुईजना घाइते

भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनी ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।   उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ आश्विन २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार