आजको मौसम
काठमाडौं । आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ। ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ। आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...



