दुर्घटना न्यूनिकरण गर्न सवारी चालकको सडकमै आँखा चेकजाँच
देउखुरी । आइतवार विहान पूर्वपश्चि महेन्द्र राजमार्गमा गुडिरहेका साना तथा लामो दुरीका सवारी साधनहरु धमाधम लमहीमा रोकियो । ट्राफिक प्रहरीले सवारी साधनबाट सवारी चालक र सहचालकलाई तल उत्रिन लगाइयो । चालकहरुले भने ट्राफिक प्रहरीलाई सवारी साधनको कागजपत्र देखाउन थाले । तर, ट्राफिक प्रहरीले दुबैजना चालक र सहचालकलाई गाडीबाट ओर्लन लगायो त्यसपछि लमही बसपार्कभित्र रहेको प्रतिक्षलयमा लगेर राख्यो अनि स्वास्थ्य चेकजाँच शूरु ग-यो । सदा सवारी साधनको ब्लुबुक र लाइसेन्स खोज्ने ट्राफिक प्रहरीले एक्कासी लमही बसपार्कभित्र लगेर मेरो स्वास्थ्य निःशुल्क चेकजाँच गर्नुभयो, राप्ती गाउँपालिका वडा नम्बर ४ निवासी(चालक) शिवकुमार चौधरीले भने,–। ‘ट्राफिक प्रहरीले सवारी साधन रोक्ने वित्तिकै गाडीको कागजात देखाएर तर, त्यसदिन कागजाग चेकजाँच हैन, सवारी चालकहरुको स्वास्थ्य चेकजाँच कार्यक्रम रहेछ ।’ उनले भने,–। ‘हामी सवारी चालकहरुलाई निकै फाइदा हुने कार्यक्रमको थप पढ्नुहोस् ...


