मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा
मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । तोकिएको उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेकालाई समेत लगाइएपछि मनाङलाई पूर्ण खोप सुनिश्चित् घोषणा गरिएको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसको कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिए। “पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि मनाङ नै प्रतिबद्ध हुनुपर्छ”, घलेले भने । सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले थप पढ्नुहोस् ...

