पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी
काभ्रे । विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन, हिन्दू र बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रह्लाद केसीले बताए । उनका अनुसार सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेको विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्त्वपूर्ण हुने विश्वास गरिएको थप पढ्नुहोस् ...


