पानीको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । बजारमा बिक्री वितरण भइरहेको जार तथा बोत्तलको पानीको गुणस्तर नभएको जनाउँदै उपभोक्ताले गुनासो गरेपछि संयुक्त जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पानीको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरेको हो । नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन समितिले जिल्लामा सञ्चालित पानी उद्योगको अनुगमन गरी नमूना परीक्षणको लागि पठाएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गङ्गाधर पाण्डेले जानकारी दिनुभयो । सरावल गाउँपालिका–२ स्थित शिवगङ्गा वाटर इण्डष्ट्रिज, सरावल–१ स्थित आरोग्य हर्बल उद्योग, प्रतापपुर गाउँपालिकास्थित नवदुर्गा वाटर कुलिङ उद्योग र बर्दघाट नगरपालिका–७ स्थित नेवा एक्वा उद्योगबाट उत्पादित जार तथा बोत्तलको पानी परीक्षणको लागि नमूना थप पढ्नुहोस् ...

