पाँचखाल बृहत् खानेपानी : समयमै आयोजना सक्न मुस्किल
पाँचखाल । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको निर्माणको काम तीव्ररुपमा अघि बढेको बताइए पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको हो । निर्माण कम्पनीले खानेपानी वितरणका लागि पोलेथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ । केही स्थानमा पाइप विछ्याउने तथा धारा वितरणका क्रममा विवाद भएको छ । विसं २०७६ भदौमा सम्झौता भएको आयोजना आउँदो पुस महिनामा सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो । निर्धारित समयमा आयोजनाको आयोजना सम्पन्न नहुने भएको उपभोत्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताए । उनका अनुसार संरचना निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना थप पढ्नुहोस् ...