माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै
कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ ।पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रममा गाउँपालिकाको उपयुक्त स्थानमा दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापनाको लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकामा व्यावसायिक पशुपालन राम्रो हुँदै गएपछि दाना चोक्कर उत्पादन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको बताए। उनले भने, “हाम्रो पालिका दूध उत्पादनमा देशमै नमूना रहेको छ । दूध बिक्रीबाट कृषकले राम्रो आयआर्जन थप पढ्नुहोस् ...