पशुपतिनाथका

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् । पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग, नापी विभाग र मालपोत कार्यालयमा समेत पत्राचार गरी जानकारी गराइएको थापाले बताए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ चैत्र २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार