पैयु गाउँपालिका ले अगाडि सार्यो जनप्रतिनिधि र कर्मचारी का छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने प्रावधान
क्रिस भुर्तेल पर्वत । पर्वतको पैंयू गाउँपालिका ले जनप्रतिनिधि र कर्मचारी हरुका छोराछोरी लाई अनिवार्य रुपमा सरकारी विद्यालयमा अध्यापन गराउने प्रावधान अघि सारेको छ। हिजो बुधबार बसेको पैयु गाउँपालिका को शिक्षा समितिले उक्त निर्णय अगाडि सारेको हो। यो निर्णय अहिले नै गरेतापनि यो निर्णय तत्काल सम्भव नरहेकाले आगामि शैक्षिक सत्र ०८० बाट लागु गरिने भएको छ। जनप्रतिनिधि तथा कर्मचारी ले आफ्नो छोराछोरी लाई सामुदायिक विद्यालय मा अध्यापन नगराएर कुनै निजि विद्यालय हरुमा अध्यापन गराएको पाइएमा उसको तलब भत्ता समेत काटिने समेत उक्त बैठकबाट सर्वसम्मत निर्णय भएको हो। माध्यामिक तहसम्म शिक्षा निशुल्क गर्ने र जनप्रतिनिधि तथा कर्मचारी का बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालय मा अध्यापन गराउने निर्णय गरेको पैयु गाउँपालिका का शिक्षा समितिका सदस्य कृष्ण भुर्तेल ले बताए। अहिले देशमा रहेको थप पढ्नुहोस् ...










