ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा, यी हुन् मनै लोभ्याउने ठाउँ
कैलाली । पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् । अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको रोजाइमा यहाँका पर्यटकीयस्थल भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौँ, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत अन्य ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आए पनि भारतीय पर्यटक भने महिनामा करिब तीन सय÷चार सयको हाराहारीमा आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढ्न सकेको छैन थप पढ्नुहोस् ...

