परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन् । उनले भने, “नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु ।” अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उनले प्रसूति अस्पतालको दीर्घकालीन योजना र जनशक्तिलाई पुनःसंरचना गरिने बताए । उनले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिए । “बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआरकोडमार्फत भुक्तानी र दश शय्या एनआइसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ”, उनले भने । राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी विच्छाले आगामी १६औँ योजनामा स्वास्थ्य थप पढ्नुहोस् ...






