मुगुका किसानलाई स्याउ टिप्न चटारो
गमगढी । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका किसान स्याउ टिपेर आर्थिक उपार्जनमा लागेका छन् । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त रहन्छन् । “हाम्रो आम्दानीको श्रोत नै यही हो”, छायाँनाथ रारा–५ ताल्चाकी थप पढ्नुहोस् ...


