जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन आग्रह
काठमाडौ । विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो । जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो । यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा हाम्रो पृथ्वी हाम्रो स्वास्थ्य भन्ने रहेको छ । त्यसैले नागरिकको स्वास्थ्यमा पृथ्वीमा बढ्दो तापक्रमले के कस्तो असर गरिरहेको छ भन्ने बारेमा पनि सोच्नुपर्ने अवस्था रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जलवायु संकट भनेकै स्वास्थ्य संकट हो र विश्वमा हरेक वर्ष कम्तीमा पनि ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु भइरहेको भन्दै यस विषयमा सम्वेदनशील हुनुपर्ने सो थप पढ्नुहोस् ...

