एमसीसी परित भएपछि पहिलाेपटक सत्ता गठबन्धनको बैठक जारी
काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी परित भएपछि पहिलाेपटक सत्ता गठबन्धनको वैठक बसेको छ। प्रधननमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापा, माओवादी नेता नारयणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बुधबार प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेको थियो।गठबन्धनका नेताहरुबीच एमसीसी पास भएपछिको अवस्था, स्थानीय निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई प्रभावकारी बनाउने, विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी विषयमा बैठकमा छलफल हुने बताइएको छ। उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...



