लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु
काठमडौँ । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू र विज्ञहरूसँगको छलफल र परामर्शका क्रममा अबदेखि भौतिक उपस्थितिमा पढाइ सुरु गर्नु उपयुक्त हुने सुझाव आएको थियो । सुझावका आधारमा सरकारले सूचना जारी गरेपछि विद्यालयका सरोकारवालाहरूले विद्यालय सञ्चालन गरेका हुन् । कोरोनाभाइरस फेरि फैलिन नदिनका लागि सतर्कता भने अपनाइरहनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । तर अहिले प्रतिबन्धात्मक व्यवस्था भने कुनै नरहेको उनीहरूको भनाइ छ । सरकारले विमानस्थल तथा जल यातायात मार्फत मानिसहरूलाई आवतजावत गर्न थप पढ्नुहोस् ...




