शोखमा बनाइएको पचपन्न झ्याले दरबार
देउखुरी । पचपन्न झ्याले दरवार, भक्तपुर होइन दाङमा पनि छ । बरु भक्तपुर जस्तो चर्चामा छैन । नीजी स्वामीत्वमा रहेको पचपन्न झ्याले दरवारको नत कुनै प्रचारप्रसार छ नत कोही यसको बारेमा अध्यन अनुसन्धानकै लागि आउने गरेका छन् । बरु दिन प्रतिदिन दरवार भत्कदै जिर्ण बन्दै गइरहेको छ । घर पूर्ण रुपमा बस्न मिल्न खालको छैन । दाङको गढवा गाउँपालिका वडा नं ३ गोवरडीयामा रहेको पचपन्न झ्याले दरवारसंग एकसय ३२ बर्षे लामो इतिहाँस जोडिएको छ । बि।स।१९४७ सालमा शुरु गरेर १० बर्षेमा निमाण सम्पन्न भएको उक्त दरवार तत्कालिन राजपरिषद्का स्थायी समितिका सभापति परसु नारायण चौधरीका वुजा जोखन चौधरीले निर्माण गर्नुभएको हो । ब्यत्तिगत रुपमा शोखको लागि निर्माण गरिएको उक्त दरवार बनाउनको लागि भारतका विभिन्न स्थानबाट दक्षकर्मीहरु ल्याएर बनाएको स्थानीय पल्लु चौधरीले थप पढ्नुहोस् ...

