नेप्से परिसूचक उच्च अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आइतबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ७५.७९ अङ्कले ओरालो लागेर एक हजार ९१६.८२ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२४ अङ्कले ओरालो लागेर ३६७.६४ मा ओर्लिएको छ । कूल २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ३२ अर्ब १४ करोड ७९ लाख बराबर रहेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर थप पढ्नुहोस् ...