नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अङ्कले उकालो लागेर ४२१.१४ मा पुगेको छ । नेप्सेमा झिनो अङ्कको बृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ । उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको थप पढ्नुहोस् ...










