रुपन्देहीमा पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान चलाउने
रुपन्देही । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त शाखाको आइतबार बुटवलमा सम्पन्न साधारणसभाले पत्रकारिता पेशा छाडेकालाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्तावले महासङ्घलाई सदस्य शुद्धीकरण गर्ने बाटो खुल्ला गरेकोे छ । कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर पछिल्लो समय पत्रकारिता छाडेर अन्य पेशा तथा व्यवसायमा संलग्नलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण अभियान चलाउने प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यस्तै बुटवलमा पत्रकारिता र आमसञ्चार विषयमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासङ्घको अगुवाइमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरी जग्गा व्यवस्था गर्ने प्रस्ताव पनि पारित भएको छ । साधारणसभाले सदस्य शुद्धीकरण, पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र थप पढ्नुहोस् ...

