‘चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ’
काठमाडौँ । काठमाडौँको सरस्वतीनगरमा सञ्चालित एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष सप्ताहव्यापी रुपमा भानुजयन्ती मनाउँदै आएको सो स्कुलले बुधबार भानु प्रतिष्ठानसँगको सहकार्यमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम गरेको छ । एपेक्स स्कुल र भानु प्रतिष्ठानको श्रष्टासम्मान कार्यक्रमबाट यस वर्ष वरिष्ठ कवी प्राडा कृष्णहरि बराललाई नगद पुरस्कारसहित खादा, माला र सम्मानपत्रबाट सम्मान गरिएको हो । सम्मान कार्यक्रममा पूर्वमन्त्री एवं वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैँयाले नेपाली भाषा साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको महत्व चीरकालसम्म रहिरहने बताउनुभयो । उहाँले नेपालमा भन्दा पनि नेपाल बाहिर बस्ने धेरै नेपालीले भानुभक्तलाई सम्झने गर्ने गरेको स्मरण गर्नुभयो । सम्मानित व्यक्ति प्राडा बरालले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र भाषा साहित्यको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा दिएको थप पढ्नुहोस् ...

