मुख्य प्रशिक्षक नियुक्तिका लागि आवेदन निकाल्ने तयारीमा एन्फा
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकबिहिन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको दुई महिना बित्दा पनि अखिल नेपाल फुटबल संघ(एन्फा)ले हालसम्म मुख्य प्रशिक्षक नियुक्त गर्न सकेको छैन । अल्मुताइरीले भदौ २६ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यसपछि एन्फाले दुई कार्यवाहक प्रशिक्षक नियुक्त गरिसकेको छ । बंगलादेशविरुद्धको खेलका लागि प्रदीप हुमागाईंलाई नियुक्त गरेको एन्फाले पाकिस्तानविरुद्धको खेलका लागि कुमार कटुवाललाई नियुक्त गरेको छ । यसरी दुईपटक कार्यवाहक प्रशिक्षक नियुक्त गरिसक्दा मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अब थाल्न लागेको एन्फाको महासचिव किरण राईले रातोपाटीलाई जानकारी दिए । मुख्य प्रशिक्षक नियुक्तिका लागि आफूहरू काम अगाडि बडाइ रहेको राईले बताए । आवेदन निकालेर नै मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया भएकाले केही समय लाग्ने भएको उनले बताए । थप पढ्नुहोस् ...


