एकदिवसीय शृङ्खला : यूएईसँग खेल्दै नेपाल
काठमाडौँ । घरेलु नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँग तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज खेल्दैछ । युएईले नेपालसँग पहिलो पटक नेपालमा एकदिवसीय सिरिज खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालका लागि नयाँ कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म नेपालमाथि यूएई हाबी देखिएको छ । यूएईले नेपालसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा यूएईले ४ खेलमा जित निकाल्दा नेपालले भने दुई खेलमा मात्र जित निकालेको छ । नेपाल थप पढ्नुहोस् ...







