लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ : नेता डा कोइराला
पर्सा। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएको छ । नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने । उनले भने “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ । ” उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...












