पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउँछ : डा.महत
कास्की । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा।प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने, “राजनीतिक दल मात्र होइन, नेपाली जनताले समेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब कांग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ”, नेता महतले भने । अघिल्लो सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही नगरेको र कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनुपर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन नपाएको नेता महतको आरोप थियो । पछिल्ला दिनमा अन्य पार्टीभन्दा कांग्रेस नै ठिक थप पढ्नुहोस् ...











