जुम्ली खसभाषाको अभिलेखीकरण गरिने
कर्णाली । नेपाली भाषाको माउ भाषाकारुपमा परिचित जुम्ली खसभाषा अभिलेखिकरण गरिने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिया थालेको छ । खस भाषाको उद्गमस्थल जुम्लाको सिञ्जा उपत्यका मानिदै आएपनि अहिलेसम्म खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता नभएपछि स्थानीय सरकारले समेत त्यसको अभिलेखीकरणको पहल थालेको हो । सिञ्जा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले खसभाषा आयोगमा लिपिवद्ध गर्न पहल अगाडि बढाइएको जानकारी दिए । अध्यक्ष धितालले आयोगको टोली जुम्लाको सिञ्जामा पुगेर पाँचवटा खस लिपिको मानक प्रमाणित गरेको बताए । उनका अनुसार गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरेको छ । “अब खसभाषाको लिपि भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्युटराइज्ड गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ”, अध्यक्ष धितालले भने, “स्थानीय तह र थप पढ्नुहोस् ...


