नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताएका छन । “समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ”, उनले सन्देशमा भनेका छन । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको नेता नेपालले जारी गर्नुभएको सन्देशमा आजसम्मका जनसङ्घर्ष जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवं विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय थप पढ्नुहोस् ...



