नुवाकोट र रसुवामा पशुपंक्षीको तथ्याङ्क सङ्कलन
नुवाकोट । नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो । त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख(पशु विकास अधिकृत) भरत पाण्डेले जानकारी दिए । उनका अनुसार तथ्याङ्क सङ्कलनका लागि आवश्यक तालिम र सामग्री दिएर तोकिएको मापदण्डअनुसार विवरण लिन गाउँ तथा नगरपालिका तोकेर पशु सेवा प्राविधिकलाई खटाइएको छ । “राज्य पुनःसंरचनापछि प्रदेश सरकार स्थापना भएसँगै रुपान्तरित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग जिल्लामा रहेका पशुचौपायको विवरण नभएकाले लगत सङ्कलन गर्न लागिएको हो ।” उनले भने, “अभियानमार्फत दुई जिल्लाको पालिकागतरूपमा घरपालुवा थप पढ्नुहोस् ...



