भोट हाल्ने रहर : मतदाता परिचयपत्र बनाउन सघाँउदै जनप्रतिनिधि
शिवु खनाल,सिरियानाका । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ सिरियानाका निवासी आकाश बुढा मगरको भोट हाल्ने उमेर पुगेदेखी हालसम्म थुप्रै निर्वाचन सम्पन्न भए । तर मगरले अहिलेसम्म पनि भोट हाल्दाको अनुभव बटुल्न पाउनु भएको छैन । जसको कारण हो मगरको मतदाना नामवली परिचयपत्र छैन । सिरियानाका गाउँका सबै आफूले चाहेका जनप्रतिनिधिलाई भोट हाल्न लाईन बस्दा मगर पनि भोट हाल्ने स्थानसम्म पुग्नुहुन्छ तर, मतदाता नामावलीमा नाम नभएकै कारण उनी मतदान स्थलभित्र पस्न पाउदैनन । गाउँका सबै भोट खसाल्न जान्छन् । म उनीहरूसंगै रहरले पछि लागेर मतदान केन्द्र स्थलमा पुगे, उनले भने, ‘मतदान स्थलमा पुगे पनि आफूले भोट हाल्न नपाउँदा निकै पीडा महसुश हुने गरेको पाए ।’ ‘नागरिकता छ तर, अहिलेसम्म मेरो मतखाता नामवली परिचयपत्र छैन । घर परिवारसंगै हुँदासमेत भोट हाल्ने थप पढ्नुहोस् ...



