बाटो खुल्यो कोहलपुर–सुर्खेत प्रशारण लाइन निर्माणको
कोहलपुर । लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ । आयोजनाका प्रमुख रविकुमार चौधरीले मन्त्रिपरिषद् निर्णयपछि वन विभाग र आयोजनाबीच रुख कटानसम्बन्धी सम्झौता हुने जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक वन क्षेत्रमा रहेका रुख कटानका लागि सम्बन्धित वन उपभोक्ता समिति, राष्ट्रिय वन क्षेत्रका लागि डिभिजन वन र निकुञ्ज क्षेत्रका रुख कटानका लागि वार्डेन कार्यालयले कटान प्रक्रिया सुरु गर्नेछन् । प्रशारणलाइन बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्दछ । विसं २०४५ मा विस्तार गरिएको ३३ केभी थप पढ्नुहोस् ...