बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा
काभ्रेपलाञ्चोक । दुई वर्षदेखि रोकिएको कन्या–पूजालाई यस वर्षदेखि निरन्तरता दिइने भएको छ । एक सय २० वर्षदेखि भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपा नगरमा कन्याको पूजा गरी मनाइँदै आएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण विगतका दुई वर्ष स्थगित गरिएको थियो । सनातन कन्या–पूजा प्रबन्ध समितिले एक सय २० वर्षदेखि निरन्तर यस पूजाको आयोजना गरी रजस्वला नभएका (१० वर्षमुनिका कन्यालाई)लाई पुज्दै आएको छ । समितिले गएका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित गरेको थियो । यस वर्षको कन्या–पूजा कृष्ण जन्माष्टमी अर्थात् भदौ ३ गते करिब आठ हजार कन्याको पूजा गरी मनाइने समितिले जनाएको हो । “कोरोना महमारीका कारण बितेका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित ग¥यौँ, यस वर्षदेखि कन्या–पूजा कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छौँ”, समितिका अध्यक्ष रोमगोपाल कायस्थले भने । उनका अनुसार थप पढ्नुहोस् ...

