नियामकले

थाईल्याण्डमा माल र सेवाहरूको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’ प्रतिबन्ध

काठमाडौँ । थाइल्यान्डको धितोपत्र नियामकले निकायले बुधबार वस्तु तथा सेवाको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’को प्रयोगमा रोक लगाएको घोषणा गरेको छ । अप्रिल १ देखि लागू हुने गरिएको घोषणाले क्रिप्टोकरेन्सीमा लगानी गर्नका लागि भने प्रतिबन्ध लगाएको छैन । स्थानीय स्तरमा क्रिप्टोकरेन्सीको प्रवद्र्धन भएपछि यो वर्ष उक्त सेवाले झन् लोकप्रियता पाएको थियो । धितोपत्र तथा विनिमय आयोगले मुलुकको वित्तीय तथा मौद्रिक प्रणालीको स्थायित्वलाई सम्पत्ती शुद्धिकरण तथा अन्य साइबर अपराधलगायतका खतराबाट जोगाउनका लागि कारबाही गरिरहेको बताएको थियो । विनियमले विशेष गरी त्यस उद्देश्यका लागि सफ्टवेयर र उपकरणहरूको वितरणसँगै भुक्तानीका लागि क्रिप्टोकरेन्सीको प्रवर्धनलाई पनि प्रतिबन्ध लगाएको छ । साथै, डिजिटल मुद्रा व्यवसायका सञ्चालकहरूले आफ्ना ग्राहकहरूलाई प्रतिबन्धबारे जानकारी गराउनुपर्ने र यदि तिनीहरूले नियम उल्लंघन गरेमा तिनीहरूको खाता निलम्बन गर्नुपर्ने बताइएको छ । यो प्रतिबन्ध पालन गर्न थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ चैत्र २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार