नारायणगढ–मुग्लिन सडक : चालु आवभित्र १२ पुल निर्माण हुने
भरतपुर। चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ । आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका १५ वटा पुलमध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो । उन्नाइस पुलमध्ये चार पुल यसअघि नै निर्माण सम्पन्न भइसकेका उनले जानकारी दिए । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो । तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत काम सकिएको छ । सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको थप पढ्नुहोस् ...